एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने राजकीय भ्रमणका लागि बेलायतको लन्डन पुगेका छन् । ट्रम्प एअरफोर्समार्फत बेलायतको स्थानीय समयअनुसार ९ बजे लन्डन पुगेका हुन् ।
बेलायती महारानीले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको सम्मानमा बकिंघम दबारमा भव्य स्वागतसहित रात्रि भोज आयोजना गरेकी छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणलाई लक्षित गरी बेलायतका प्रमुख सहरमा ट्रम्पविरुद्ध प्रदर्शनको तयारी भएको छ । बेलायतको राजधानी लन्डनसहित म्यान्चेस्टर, बेलफास्ट, बर्मिंघम र नटिंघममा प्रदर्शनको तयारी भएको छ ।
राष्ट्रपति ट्रम्पले बेलायत भ्रमणका पहिलो दिन सोमबार नै महारानी एलिजाबेथ, राजकुमार चाल्र्स र राजपरिवारका अन्य सदस्यसँग भेट गर्ने कार्यक्रम रहेको छ । तर, राजकुमार ह्यारी र मेगन मर्केलको एक महिनाभन्दा कम उमेरको बच्चा भएका कारण भेट नहुने सम्भावना छ ।
यस्तै, बेलायती प्रधानमन्त्री थेरेसा मेसँग पनि उनको भेटवार्ताको कार्यक्रम छ । भेटका क्रममा उनीहरुबीच जलवायु परिवर्तन र हुवावेको फाइभ जी नेटवर्क विस्तारबारे कुराकानी हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
