अमेरिकाको भर्जिनियामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु, ६ घाइते

अमेरिका । संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एक सरकारी भवनमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ। घटनामा अन्य ६ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीका अनुसार सन्दिग्ध व्यक्ति भर्जिनिया बीच सिटीका कर्मचारी हुन् र उनले सरकारी भवनमा अन्धाधुन्ध गोली चलाउन थालेका थिए। गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ।

Advertisement

सन्दिग्ध व्यक्तिको पहिचान खुलाइसकिएको छैन। घटनामा एकजना प्रहरी पनि घाइते भएका छन्। भर्जिनिया बीच म्युनिसिपल सेन्टरमा स्थानीय समय अनुसार शुक्रवार चार बजेपछि गोली चलेका विवरण आउन थालेका थिए।

घटना भएको क्षेत्रमा कैयौँ सरकारी भवन छन् र घटनाबारे प्रकाशमा आएपछि प्रहरीले घेरा हाली कर्मचारीहरूलाई निकालेका थिए।

More News last news
Loading...