पोखरा । पोखरा १३ भद्रकालीमा भाडामा बस्दै आएकी १९ बर्षिय सुप्रिया लामिछानेको शव उनको कोठमा फेला परेको छ।
गत वर्ष मात्रै विवाह गरेकी प्रियाले बिहान छिमेकी दिदीहरुसँगै खाना खाएर श्रीमानलाई अफिस पठाएपछि आत्महत्या गरेको बुझीएको छ।
मोबाईल बिर्सिएर अफिसबाट करिब २ बजे तिर घर फर्किएका श्रीमानले ढोका भित्रबाट बन्द भएको देखे। झ्याल पनि बन्द थियो । त्यसपछि छिमेकीको सहयोगमा झ्याल फोडेर हेर्दा उनी झुण्डिएको अवस्थामा भेटिएकी थिइन्।
जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले ढोका फोरेर उनको शवलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको छ। श्रीमती त्यस्तो अवस्थामा फेला परेपछि श्रीमान बेहोस भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
