काठमाडौँ । सानिमा बैंककले, अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा नयाँ तथा पुराना बचत खाताका ग्राहकवर्गहरूका लागि बिमा योजना ल्याएको छ।
यस योजनाअन्तर्गत ६ घातक रोगहरूको रक्षावरण सहितको ३ लाख रुपैयाँ बिमा तथा २५ हजार रुपैयाँको मृत्यु लाभ हुने बिमा बैंकले गरी दिने जनाएको छ।
यस योजनाअन्तर्गत नयाँ ग्राहकहरूले सानिमा बैंककको बचत खाता खोल्दा बिमासम्बन्धी आवश्यक आवेदन बुझाउनुपर्ने छ भने पुराना ग्राहकहरूले बैंकको नजिकैको शाखामा सम्पर्क गरी वा बैंकको वेबसाइटमा लग इन गरी बिमा योजनाको आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
