प्रितम सेमिफाइनलमा, गीत सुनेपछि जजले भने, ‘गीत होइन जादु गर्यौ’ (भिडियो)

इटहरी । इटहरीका गायक प्रितम आचार्य भारतीय रियालिटी शो सारेगमपको सेमिफाइनलमा प्रवेश गरेका छन् । उनले सेमिफाइनलमा पनि जजहरुको मन जितेका छन् ।

उनको ‘लुट गए ‘ बोलको गीत गाएको प्रोमो सार्वजनिक भएको छ । जसमा उनलाई जजहरुले स्टेजमै गएर बोकेका छन्।

Advertisement

त्यती मात्र होइन जज बसेका कलाकार आनन्द राज आनन्दले उनको प्रस्तुती आफ्नो लागी यादगर प्रस्तुती भनेका छन्।

अर्का जजले थपेका छन्, ‘यहाँ गीत होइन जादु भइरहेजस्तो लाग्यो, मेरो जीवनमा ब्रेकअप भएको छैन, तर यो गीत सुन्दा भएजस्तै लाग्यो।’

प्रितमको प्रस्तुतीमा जजहरु रोएको देखाइएको छ । कार्यक्रम यही शनिबार र आइतबार राती ९ बजे प्रशारण हुँदैछ ।

हेरौं प्रोमो :

More News last news
Loading...