काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को यही जेठ २५ गते हुन गइरहेको निर्वाचनमा युवा पर्यटन व्यवसायी सहदेव धमलाले आफू महासचिवको मुख्य दाबेदार रहेको बताएका छन् ।
काठमाडौं इको होटलका प्रबन्ध निर्देशक रहेका धमलाले केही नयाँ भिजन र एजेन्डाका साथ आफू महासचिवका लागि उम्मेद्वारी दिने तयारी गरेको जानकारी गराए । ‘ठमेलमा विभिन्न समस्याहरु छन् । तर, समाधान हुन सकेन ।’ उनी भन्छन् – आफ्नै आँखा अगाडि बर्षौंदेखि समस्या रहिरहँदा पनि समाधान नभएपछि मैले यो निर्णय गरेको हुँ ।’
उनले ठमेल आसपासमा रहेका सम्पदा क्षेत्रहरुको संरक्षण र प्रबद्र्धन गर्ने, सरकारी निकाय, व्यवसायी, घरधनी र निजी क्षेत्रसँग नियमित अन्तक्र्रिया गरि समस्याहरुको समाधान गर्ने, अनाधिकृत गतिविधिहरु रोक्ने, परिषद्प्रति सदस्य तथा व्यवसायीहरुलाई अपनत्वबोध गराउने तथा आपत्कालिन समस्या समाधान गर्नका लागि उद्धार टोली गठन गरि काम गर्ने समेत बताए ।
हामी निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दैछौं र एजेन्डाहरु तय पनि गर्दैछौं । एकअर्को प्रसंगमा महासचिवका दाबेदार धमलाले परिषद्मा गएपछि बार्षिक क्यालेन्डर बनाएर काम गर्ने बताए । उनले सरकारी निकाय, व्यवसायी र घरधनी निरन्तर छलफलमा रहने र हरेक समस्याको सधान त्यहीँबाट खोज्ने बताए ।
भिजन २०२० मा ठमेललाई एउटा उत्साहलय जस्तो बनाउने र ठमेल प्रति पर्यटकको आकर्षण बढाउने नीति लिने पनि बताए । धमला यस अघि परिषद्को कार्यसमिति सदस्यमा रही विदेश विभागको नेतृत्व गरेका थिए ।
उनी अगेनो द हिस्टिया रेष्टुरेन्टका सञ्चालक, गोल्डेन होराइजन एकेडेमीका सञ्चालक, आर्ट फर ग्लोबल पीसका महासचिव तथा लाइन्स क्लब अफ काठमाडौं स्प्रिचुअलका कोषाध्यक्ष समेत रहेका छन् ।
परिषद्को २३ औं तथा २४ औं वार्षिक साधारणसभा तथा निर्वाचन यही जेठ २५ गते हुँदैछ । परिषद्मा ८ सय २ सदस्य रहेका छन् भने १७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ । जसमा २ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
