बजेट सार्वजनिक भएसँगै इन्धनको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौँ । आर्थिक वर्ष २०७६,७७ को बजेट सार्वजनिक भएको भोलिपल्टै इन्धनको मूल्य बढेको छ।

नेपाल आयल निगमले आज (बिहीबार) दिउँसो १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बृद्धि गरेको हो।

Advertisement

नयाँ मूल्यसूची अनुसार पेट्रोलिम पदार्थको मूल्य १११ र डिजेल, मट्टितेलको मूल्य ९८ रुपैयाँ पुगेको हो। तेलको मूल्य बढेपनि खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत छ।

बुधबार संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी वर्षको बजेट पेश गर्दै सडक पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थमा एक एक रुपैयाँ अतिरिक्त शुल्क लगाउने घोषणा गरेका थिए।

आर्थिक वर्ष आगामी श्रावण एक गतेबाट सुरु हुने भएपनि नेपाल आयल निगमले भने आज बाटै लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

More News last news
Loading...