काठमाडौं । अबदेखि सरकारी तवरबाट कुनै पनि व्यक्ति वा संसघ–संस्थालाई उपहार दिँदा स्वदेशी उत्पादन दिनुपर्ने भएको छ।
आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन्। मुलुकलाई २ दर्जन उत्पादनमा आत्मनिर्भर बनाइने लक्ष्य बजेटले लिएको छ। यसका लागि अत्यावश्यक वस्तु उत्पादनमा निजी र सहकारी क्षेत्रलाई प्रोत्साहित गरिने भनिएको छ।
निर्माणमा स्वदेशी सिमेन्ट र छड प्रयोगलाई प्रोत्साहन गरिने, उदयपुर र हेटौंडा सिमेन्ट कारखानाको क्षमता विस्तार गरिने। नेपाली कपडा उद्योगलाई विद्युतमा ५० प्रतिशत छुट दिइने र व्याजमा ५ प्रतिशत अनुदान दिइने भनिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
