अनुहारको चाउरीपना हटाएर जवान देखिन अप्नाउनुहोस् यी घरेलु उपाय

काठमाडौं । सुन्दर र जवान देखिने चाहना सबैको हुन्छ। तर विभिन्न कारणले छालामाचाउरीपना देखिनाले सुन्दरतामा कमी आउँछ र व्यक्ति बूढो देखिन थाल्छ।

अनुहारको चाउरीपनालाई हटाएर सुन्दर देखिन चाहनेहरुको लागि घरेलु उपाय निकै उपयोगी हुन्छ। घरेलु उपायलाई निरन्तर प्रयोग गर्नाले अनुहारको चाउरीपना हट्छ र सुन्दरतामा निखारता आउँछ।

Advertisement

चामलको पीठो छालामा गोरोपना ल्याउनको लागि र कालो दाग-धब्बा, डण्डीफोर, चाउरीपना हटाउन निकै उपयोगी हुन्छ। चामलको पीठोमा कागतीको रस र गुलाब जल मिलाएर पेस्ट बनाउनुपर्छ। त्यो पेस्टलाई अनुहारमा लगाउनाले अनुहारमा चाउरीपना हट्दै जान्छ।

त्यस्तै अनुहारको चाउरीपना हटाउनको लागि खजुर वा छोडा पनि उपयोगी हुन्छ।

यसको लागि खजुरलाई केही समय पानीमा भिजाएर मिक्सरमा पिस्नुपर्छ। त्यसपछि त्यसमा दही र मह मिलाउनुपर्छ। उक्त पेस्टलाई अनुहारमा लगाउनुपर्छ।

More News last news
Loading...