काठमाडौं । आज मंगलबार सुनको मूल्य स्थिर छ।
आज छापावाल सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार पनि छापावाल सुन प्रतितोला यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।
आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
