घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौं । आज सोमबार सुनको मूल्य घटेको छ।

आज छापावाल सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो आइतबार छापावाल सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको छ।

More News last news
Loading...