काठमाडौँ । आज सोमबार मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर बढेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिट १ को खरिदर मूल्य २६ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६३ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य ११० रुपैयाँ ९५ पैसा छ भने बिक्रीदर १११ रुपैयाँ ५५ पैसा रहेको छ। साउदी रियाल १ को खरिददर मूल्य २९ रुपैयाँ ५८ पैसा र बिक्रीदर २९ रुपैयाँ ७४ पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४७ पैसा छ भने बिक्रीदर ३० रुपैयाँ ६४ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २१ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ३७ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
