भद्रगोल टिमलाई लिएर शंकर थापाले ल्याए क्यालकुलेटर (भिडियो)

काठमाडौँ । गायक शंकर थापा ‘स्माइल’को स्वर तथा संगीत रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। शुक्रबार युट्युबमार्फत् क्यालकुलेटरबोलको गीत सार्वजनिक गीतमा डिपी खनालको शब्द रहेको छ। गीतमा विजयता अधिकारीको पनि स्वर सुन्न सकिन्छ।

हास्यकलाकार हरिश निरौला ‘कक्रोज’ र सागर लम्साल ‘बले’लाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा भिडियोमा कमलमणि नेपाल ‘खुपीका बाउ’ र साक्षी संग्रौला मधुसुदन पाठक र गम्भिर विष्ट फिचर्ड छ । मधुसुदन पाठक ‘सिते बा’ को प्रस्तुतिमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन , नविन निरौलाको सम्पादन, सुबोल थापाको सहायक निर्देशन र गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको छ।

Advertisement

गायक गायक शंकर थापा ‘स्माइल’को यस अघि पनिु सेल्फी हानौलाु ‘फास्ट फास्ट’ ‘ट्युसन पढ़ाउछु’  लगायतका धेरै गीतहरु चर्चित छन।

More News last news
Loading...