काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमति नलिएका विदेशी भुक्तानी सिस्टमबाटबाट कारोबार नगर्न सचेत गराएको छ।
राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै विदेशी भुक्तानी सिस्टमहरु वी च्याट पे, अलि पे जस्ता विदेशी भुक्तानी प्रणालीमार्फत भुक्तानी गर्नु नेपालमा गैरकानुनी भएकाले सचेत गराएको हो।
राष्ट्र बैँकले विदेशी भुक्तानी प्रणालीबाट कारोबार गरे विदेशी विनिमय अपचलनको कसुरमा कारबाही गर्ने चेतावनी समेत दिएको छ।
नेपाल राष्ट्र बैँकको सूचना

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
