काठमाडौं । आज सोमबार सुनको मूल्य ह्वात्तै घटेको छ।
आज छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो आइतबार सुन ६० हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७०५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी प्रतितोला ७१० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
