सांग्रिला बैंकको नयाँ मोबाईल बैंकिङ सुविधा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरि नयाँ मोबाईल बैंकिङ्ग सुविधा ल्याएको छ।

नयाँ मोबाईल बैंकिङ्ग (बैंक स्मार्ट) मा थप सुविधा सहित अन्तर बैंक रकम ट्रान्सफर, इन्स्योरेन्स पेमेन्ट, बायोमेटि्रक लग इन, क्युआर पेमेन्ट, मोबाईल टपअप, एअर टिकट खरिद जस्ता विभिन्न अन्य सुविधाहरु सहित बैंक स्मार्ट भि फाईभको शुरुवात गरेको छ।

Advertisement

यस मोबाईल एप्सबाट ग्राहकवर्गहरुले आफूसंग रहेका मोबाईलबाट माथि उल्लेख गरिएका विभिन्न सुविधाहरु उपयोग गर्न सक्ने छन्। नयाँ सुविधा भएको मोबाईल बैंकिङ्ग (बैंक स्मार्ट) एप्स एसएमएस र जीपीआरएस दुबैबाट प्रयोग गर्न सकिन्छ।

बैंकले हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो सुविधाको थालनी गरेको हो। यसका साथै बैंकले अन्य विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु जस्तै मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स आदि सुविधाहरु दिंदै आएको बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए।

More News last news
Loading...