काठमाडौं । आज आइतबार सुनको मूल्य घटेको छ।
आज छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो शनिबार सुन ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७१० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
