आमाले खेतमा जिउँदै गाडिन आफ्नो बच्चा, कुकुर आएर बचायो बच्चाको ज्यान

थाईल्यान्ड । उत्तर थाईल्यान्डमा जिउँदै गाडिएको एउटा नवजात शिशुलाई एउटा कुकुरले उद्धार गरेको छ। पन्ध्र वर्षीया एक स्थानीय किशोरीले बच्चा जन्माएर खेतमा गाडेको प्रहरीले जनाएको छ।

पान नोङ खाम गाउँमा रहेको खेतमा पिङ पोङ नाम गरेको सो कुकुर भुक्दै र भुइँ खन्दै गरेको उसको मालिकले देखेका थिए। पछि बच्चाको खुट्टा भुइँबाट बाहिर निस्किएको देखियो।

Advertisement

स्थानीय बासिन्दाहरूले त्यो नवजात शिशुलाई अस्पताल लगे। त्यहाँ चिकित्सकहरूले सफा गरिदिएर सो शिशुको स्वास्थ्य राम्रो रहेको बताए। पिङ पोङका मालिक उसा निसाइखाका अनुसार सो कुकुरलाई एउटा गाडीले हानेपछि उसको एउटा खुट्टा काम नलाग्ने भएको थियो।

उनलाई उद्धृत गर्दै खाओसोड पत्रिकाले लेखेको छ, “ऊ बफादार र आज्ञाकारी भएकाले मैले उसलाई पालेँ। म खेतमा गाईवस्तु चराउन जाँदा ऊ सधैँ मलाई सघाउँछ। पूरै गाउँले उसलाई माया गर्छ।”

बच्चा जन्माएर त्यसरी फाल्ने किशोरीलाई बच्चा परित्याग र ज्यान मार्ने प्रयास गरेको अभियोग लगाइएको छ। एक स्थानीय प्रहरी अधिकारीका अनुसार ती किशोरी अहिले उनका अभिभावक र मनोवैज्ञानको संरक्षणमा छिन्। उनले पछुतो मानेको प्रहरीले बताएको छ।

ती किशोरीका आमाबुवाले त्यो बच्चाको अभिभावकत्व स्वीकार गरेका छन्। बीबीसी

More News last news
Loading...