एजेन्सी । एसिया कप ह्विलचेयर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ । शनिबार भएको फाइनलमा भारतलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भारतले दिएको दुई सय ११ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । पाकिस्तानको जितमा मोहमद लतिफले अविजित एक सय ५६ रनको शतकीय पाली खेले।
यस्तै मोहमद फियाज र सैयद अहमदले समान १५ रन बनाए । भारतका शौरभ मल्लिकले दुई तथा पर्शुराम देसले र विश्वनाथ गौरवले एकएक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर दुई सय १० रन बनाएको थियो।
भारतका शौरभ मलिकले अविजित एक सय चार रन बनाए । यस्तै निकुल प्रजापतिले पनि अविजित ६३ रन जोडे । पाकिस्तानका एड्नान नासिर र सैयद अहमदले एकएक विकेट लिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
