भारतमा भन्दा नेपालमा प्रतिलिटर साढे १६ रुपैयाँ सस्तो तेलको भाउ

काठमाडौँ । नेपालमा तेल पठाउने भारतमा भन्दा साढे १६ रुपैयाँ सस्तो छ तेलको भाउ । समायोजन पश्चात् भारतको रक्सौलभन्दा नेपालको वीरगञ्जतर्फको सीमानामा तेलको मूल्य निकै सस्ते बनेको छ।

अहिले रक्सौलमा भन्न्दा नेपालको वीरगञ्जमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ६७ पैसा र डिजेलमा १६ रुपैयाँ ६४ पैसा सस्तो छ।

Advertisement

आजबाट नेपाल आयल निगमले पेट्रोलको साविक मूल्यमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइ समायोजन गरिएको आयल निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार काठमाडौँको खुद्रा बिक्री मूल्य पेट्रोलमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा ९७ रुपैयाँ कायम भएको छ।

More News last news
Loading...