काठमाडौं । आज बिहीबार सुनको मूल्य सामान्य मात्रामा बढेको छ।
आज छापावाल १ सय रुपैयाँले बढेर प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार सुन ४ सयले घटेर ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
