फेसबुक स्टाटसको २४ घण्टा नबित्दै मृत फेला परेकी महिलाका ससुराले खुलाए यस्तो रहस्य (भिडियो)

बुटवल उपमहानगरपालिका १४ बिनायकपुरमा एक महिलाको रहस्यमय मृत्यु भएपछि माइतीपक्षले सासू, ससुरा र नन्दले हत्या गरी झुन्डाएको आरोप लगाएका छन्।

बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्री शुक्रबार बिहान घरको दोस्रो तलाको बरण्डामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। मृत्युको अघिल्लो बिहान सासुबाट कुटिएर घाइते भएपछि राति १० बजेसम्म घरमा रुवाबासी चलेको र बिहान उक्त घटना भएको छिमेकीले बताएका छन्।

Advertisement

अर्घाखाँची गोखुङ्गा माइत भएकी लक्ष्मीको बिहे सात वर्षअघि भएको थियो। उनकी ६ वर्षकी छोरी छन्। श्रीमान रोजगारीका लागि दुबई आउनेजाने गर्छन्। बिहे गरेको ६ महिनादेखि नै लक्ष्मीले सासुको दुर्ब्यबहार भोगेको माइती पक्षले जनाएको छ।

माइती पक्षले लगाएको आरोप झुठो रहेको ससुरा चन्द्रबहादुर खत्री बताउछन्। छोरा बुहारीको राजि खुसिमा सटकसुटुक बिबाह गरेका कारण दाइजो सम्बन्धि कहिले झगडा नभएको उनि बताउछन्। श्रीमती र बुहारी बीच झगडा भएको दिन आफु भैसी चराउन गएको हुदा झगडा सम्बन्धि थाहा नभएको उनले बताए। छोराले बिबाहपछि बुहारीलाई १ बर्ष बढी भारतमै राखेका कारण दाइजो सम्बन्धि झगडा हुने गरेको कुरा गलत रहेको उनले बताए।

मृत्युको अघिल्लो साँझ लक्ष्मीले फेसबुकमा आफ्ना पति अमृत खत्रीलाई ट्याग गर्दै ‘कतिबेला हुन्छ शरीरको हत्या के थाहा’ भन्ने स्टाटस लेखेकी छन्। तर त्यो स्टाटस अहिले डिलिट गरिएको छ। माइती पक्षले नन्द वा श्रीमानले हटाएको हुनसक्ने बताएका छन्।

लक्ष्मीका बुवा खत्रीले सासुले पटकपटक यातना दिने गरेको भन्दै उनले नै हत्या गरेको दाबी गरेका थिए । स्थानीयले सासुकै यातनाका कारण आत्महत्या गर्न बाध्य भएको भन्दै कारबाहीको माग गरेका छन्। प्रहरीले सासुलाई नियन्त्रणमा लिएको छ। लक्ष्मीका ससुरा चन्द्रबहादुर खत्री, नन्द अस्मिता खत्रीको समेत मिलेमतो रहेको उनीहरुको दाबी छ।

More News last news
Loading...