गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् आज कति छ सुनको मूल्य

काठमाडौं । आज सोमबार सुनको मूल्य ४ सयले बढेको छ।

आज छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो आइतबार सुन ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर छ। आज प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको छ।

More News last news
Loading...