काठमाडौं । चाडपर्वको मौसम शुरु भएको छ। यस्तोमा मिठाइ खाने अवसर आइरहन्छ। अनि खाना खाएपछि डेजर्टका रूपमा पनि मिठाइ गजब हुन्छ। आज लालमोहन बनाउन सिकौं न त।
सामग्री
चिनी २०० ग्राम
पानी ३५० मिलिलिटर
अलैंची धूलो दुई चिम्टी
ब्रेड
किसमिस
दूध ६० मिलिलिटर
विधि :
एउटा प्यानमा पानी र चिनी हालेर तताउनुस्।
अब त्यसमा अलैंची धूलो मिसाउनुस्। चास्नी नबनुन्जेल त्यसलाई पकाउनुस्।
ब्रेडको बाहिरी किनारालाई काटेर ब्रेडको सानो सानो टुक्रा बनाउनुस्।
ती टुक्रालाई दूधमा हालेर पीठो मुछे झैं मुछ्नुस्।
अब मुछिएको कुरामा एउटा किसमिस हालेर त्यसलाई लालमोहनको आकार दिनुस्।
उटा कराहीमा तेल हालेर तताउनुस् र लालमोहनलाई सुनौलो खैरो हुन्जेल फ्राई गर्नुस्।
अब यसलाई चास्नीमा आधी घण्टासम्म डुबाउनुस्।
ड्राई फ्रुटले सजाएर तात्तातो लालमोहन पस्किनुस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
