माछापुच्छ्रेको झापा र मोरङमा एकैपटक १४ शाखासहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश एक का झापा र मोरङमा १४ शाखा रहित बैंकिङ सेवा एकैपटक संचालनमा ल्याएको छ।

बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कुल १४ वटा स्थानमा शाखा रहित बैंकिङ सेवाको औपचारिक सुरुवात गरेको जनाएको छ। बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखा रहित बैंकिङ्ग सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ सेवा पुर्याउनका लागि यो अभियान चलाएको बैँकले जनाएको छ।

Advertisement

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ९७ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको छ। ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ।

More News last news
Loading...