फेरि बढ्यो इन्धनको मुल्य, के मा कति बढ्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले हामीसँग भने।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ। अब पेट्रोल १११ रुपैयाँ ५० पैसा पर्छ भने डिजेल र मट्टीतेलको मूल्य ९८ पुगेको छ। यसअघि पेट्रोलको मूल्य रु ११० थियो भने डिजेल र मट्टीतेल ९७ रुपैयाँ पथ्र्यो।

Advertisement

निगमले बिहीबार पेट्रोलमा एक रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलमा एक रुपैयाँ मूल्य वृद्धि गरेको हो।

More News last news
Loading...