यौनपिपासु मान्छेहरुले जनावरमाथि पनि अत्याचार गर्न छाड्दैनन्। तर पाप धुरीबाट कराउँछ भनेझैँ त्यस्ता मानिसहरुले सजाय पनि पाउँछन् ढिलो चाँडो।
कम्तीमा पनि १२ वटा विभिन्न जनावरहरुसँग यौन क्रियाकलाप गरेको आरोपमा तिनजना युवकहरुले कठोर सजाय पाएका छन्।
आरोपीहरुले घोडा, बाख्रा, गाई तथा कुकुरलगायतका जनावरलाई लगातार ५ वर्षसम्म बलात्कार गरेका थिए । त्यो जघन्य अपराधमा उनीहरुलाई २० देखि ४१ वर्षसम्मको सजाय सुनाइएको छ।
समाचार अनुसार ३१ वर्षका म्याथ्यू ब्रुबेकर, ३४ वर्षका मार्क मिसनिकोफ र ४१ वर्षका टेरी वालेसले अमेरिकाको पेनसिल्भानियास्थित क्लिअरफिल्ड काउन्टीमा यस्तो अपराध गरेका हुन्।
अदालतमा उनीहरुले जनावरमाथि आफूहरुले यौन क्रियाकलाप गरेको स्वीकारेका छन्। तिनै जनाले गरेर जनावरहरुसँग १ हजारभन्दा धेरैपटक यौनक्रिडा गरेको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
