टेलिकम वर्कस युनियनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (भिडियो सहित)

काठमाडौँ । नेपाल टेलिकम वर्कस युनियन क्षेत्रिय कार्यालय काठमाडौँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। युनियनले नयाँ वर्ष २०७६, लोकतन्त्र दिवस र विश्व मजदुर दिवसको अवसर पारेर सोमबार नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो।

Advertisement

कार्यक्रममा प्रमूख अतिथि समेत रहेका पूर्व मन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिँह केसीले लोकतन्त्र ल्याउँदाका संघर्ष र नेपलका मजदुर वर्गको अवस्थाका विषयमा व्याख्या गरेका थिए।

नेता केसीले अहिलेको इतिहाँसकै सबैभन्दा बलियो केपी ओली नेतृत्वको सरकारले काम भन्दा बढी कुरा मात्रै गरेको भन्दै भू माफियाले कब्जा गरेको जग्गा सरकारको नाममा ल्याउन आग्रह समेत गरेका छन्।

त्यस्तै कार्यक्रममा कार्यक्रमका सभापति तथा नेपाल टेलिकम वर्कस युनियन क्षेत्रिय समित काठमाडौँका अध्यक्ष अचुत ओझाले आफुँहरु कुनैपनि कर्मचारीको प्रतिस्पर्धी नभई सबैको सहयोगी भएको बताए।

‘हामी कसैको प्रतिस्पर्धी होईनौँ, बरु हामी सबैसँग सहकार्य गरेर कर्मचारी र नेपाल टेलिकमलाई सफलता दिलाउन लाग्छौँ’ अध्यक्ष ओझाले भने।

कार्यक्रममा नेपाल टेलिकमका र नेपाल टेलिकम वर्कस युनियनका विभिन्न पदाधिकारीहरुले नयाँ वर्ष, लोकतन्त्र दिवस र आउँदो मजदुर दिवसका सन्दर्भमा आ आफ्ना विचार राखेका थिए।

More News last news
Loading...