विश्वभर बच्चाको भन्दा वृद्धको जनसङ्ख्या धेरै

काठमाडौँ । इतिहासमा पहिलो पटक विश्वमा बच्चाहरूको भन्दा वृद्धहरूको जनसङ्ख्या धेरै हुन पुगेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

सन् २०१८ को अन्त्यमा पाँच वर्षमुनिका बच्चाहरूको जनसङ्ख्या भन्दा ६५ वर्ष माथिका वृद्धको सङ्ख्या धेरै भएको जनाइएको छ। अहिले संसारमा ६५ वर्षभन्दा माथिका ७० करोड ५० लाख मानिसहरू छन् भने चार वर्षसम्मका बच्चाको सङ्ख्या ६८ करोड रहेको छ।

Advertisement

बढ्दो अन्तर

यही प्रवृत्ति कायम रहने हो भने सन् २०५० सम्ममा यो अन्तर झन् बढ्दै जानेछ।त्यतिबेला भरखर जन्मेदेखि चार वर्ष उमेर समूहको एक व्यक्तिबराबार दुई जनाभन्दा बढी ६५ वर्ष माथिका व्यक्तिहरू हुनेछन्।

जनसङ्ख्याविद्‌हरूले दशकौँ देखि राख्दै आएको अभिलेखले एउटा प्रवृत्ति देखाउँछ – सबैजसो मुलुकमा हाम्रो बाँच्ने उमेर लम्बिँदै गएको छ र आवश्यक सङ्ख्यामा बच्चा जन्माउन छोडेका छौँ।

यसले तपाईँलाई कसरी प्रभावित बनाउँछ वा प्रभावित बनाइसकेको छ?

आवश्यक भन्दा कम ‘आगमन’

वाशिङ्टन विश्वविद्यालयमा स्वास्थ्यसम्बन्धी तथ्याङ्कहरू विश्लेषण गर्ने निकायका निर्देशक क्रिस्टोफर मुरेले बीबीसीलाई भने, “अब निकै कम बच्चाहरू हुनेछन् र धेरै मानिसहरू ६५ वर्ष माथिका हुनेछन् जसले विश्वव्यापी रूपमै सामाजिक कठिनाइ उत्पन्न हुनेछ।

सन् २०१८ मा प्रकाशित उनको एउटा लेखमा संसारका आधा जति मुलुकले बच्चा कम हुने समस्या भोगेको बताइएको थियो। यसको अर्थ हुन्छ जनसङ्ख्या स्थिर कायम राख्न आवश्यक बालबच्चा कम भएका छन्।

हजुरआमा/हजुरबा र नातिनातिना
विश्वको जनसङ्ख्यामा पाँच वर्ष मुनिका र ६५ वर्ष माथिका मानिसको प्रतिशत संङ्ख्या

उनी भन्छन्, “नातिनातिनीभन्दा बाजेबजै धेरै भएको समाजको सामाजिक र आर्थिक प्रभावबारे एकपटक विचार गरौँ न।”

विश्व ब्याङ्कका अनुसार सन् १९६० मा एक महिलाले सरदर पाँच बच्चा जन्माउँथिन्।

झन्डै ६० वर्षपछि अहिले त्यो आधामा पुगेको छ, अहिले एक महिलाको भागमा सरदर २.४ बच्चा पर्छन्।

यसै समयावधिमा आर्थिक सामाजिक विकासका कारण यो संसारमा जन्मने मानिसहरूले निकै फाइदा पाएका छन्। सन् १९६० मा मानिसहरूको औसत उमेर ५२ वर्ष भन्दा केही बढी थियो जबकि सन् २०१७ मा त्यो औसत उमेर ७२ वर्ष पुगेको छ।

त्यसको अर्थ हामी सबैको उमेर लम्बिएको छ र जति बूढो भयो त्यति बढी स्रोत उपयोगको माग बढ्दै गएको छ। उदाहरणका लागि पेन्सन र स्वास्थ्य प्रणालीमा बूढाबूढी धेरै भएका कारण दबाव बढ्दो छ।

पाका मानिसहरूको सङ्ख्या

विकसित मुलुकमा वृद्धवृद्धाहरूको सङ्ख्याको समस्या अझ टड्कारो देखिएको छ। बीबीसी

More News last news
Loading...