इंग्लिस प्रिमियर लिग : टोटनह्यामको अपराजित यात्रा टुँगियो, वेष्टह्याम १ गोलले पराजित !

काठमाडौँ । इंग्लिस प्रिमियर लिगको शनिबारको खेलमा वेष्टह्याम युनाइटेडले टोटनह्यामलाई एक-शून्यले पराजित गरेको छ।

आफ्नै मैदानमा सरेपछि टोटनह्यामले लगातार चार खेल जितेको थियो। तर वेष्टह्यामविरुद्धको खेलमा माइकल एन्टोनियोले दोस्रो हाफमा उत्कृष्ट गोल गरेपछि टोटनह्याम पराजित भएको हो। उनले ६७औं मिनेटमा गोल गरेका थिए।

Advertisement

यो जितसँगै वेष्टह्यामले टोटनह्यामको चार खेलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ। जितसँगै टोटनह्याम ४६ अंक बनाउँदै एघारौं स्थानमा उक्लिएको छ भने टोटनह्याम ७० अंक सहित तेस्रो स्थानमा छ।

More News last news
Loading...