आज ह्वात्तै बढ्यो सुनको भाउ, तोलामा कति बढ्यो ? …

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

हिजो बुधबार तोलामा ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँले बढेको छ।

Advertisement

बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि उकालो लागेको छ । आज तेजावी सुन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै आज चाँदीको भाउ पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी ७ सय ३० रुपैयाँमा कारोबार भएको छ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुनको भाउ केही फरक पर्न सक्नेछ।

More News last news
Loading...