धुर्मुस–सुन्तलीले बनाउने क्रिकेट रंगशालाबारे बद्री र पूर्णकलाको गीत (भिडियो सहित)

काठमाडौं । चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जुटिरहेको कलाकार जोडी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको सहयोगार्थ बद्री पँगेनी र पूर्णकला विसीको नयाँ गीत बजारमा आएका छन्।

‘समृद्ध नेपाल बनाउने मन छ नेपालीको, गौतमबुद्ध रंगशाला बन्छ नेपालीको’ बोलको गीतमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन आह्वान गरिएको छ।

Advertisement

दुर्गा पंगनीले रचना गरेको गीतमा बन्द्री पंगेनीले संगीत गरेका छन्। गीतमा क्रिकेट रंगशाला बनाउने काम नेपालीको गौरवको विषय भएकाले सबैले यसलाई खुलेर सहयोग गर्नुपर्छ भनिएको छ।

शंकर विसीले निर्देशन गरेको गीतको म्युजिक भिडियो सुदिप बरालले छायाकंन गरेका हुन् । भिडियोमा केही दिनअघि क्रिकेट रंगशाला निर्माणकै सहयोगार्थ कीर्तिपुर मैदानमा भएको कलाकारहरुबीचको क्रिकेट प्रतियिगिताका दृश्य समावेश गरिएको छ।

साथै धुर्मुस सुन्तलीले गरेका उदाहरणीय कार्यहरुलाई देखाइएको छ। गीत धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ।

भिडियो :

More News last news
Loading...