श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, ५०० जना घाइते

आइतवार श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ। प्रहरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन। आक्रमणमा ५०० जना घाइते भएको र दर्जनौं विदेशीहरू मारिएको बताइएको छ। हुनुपर्ने बताएका छन्।

Advertisement

टेलिभिजन सम्बोधनमा उनले उक्त आक्रमणका बारेमा प्राप्त सूचनाबारे आफूलगायत अन्य मन्त्रीहरूलाई समेत जानकारी नदिइएको बताएका थिए। तर उनले अबको प्राथमिकता दोषीलाई कारबाही गर्ने रहेको उल्लेख गरेका छन्। उक्त आक्रमणमा ३५ जना विदेशीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

घटना पछि श्रीलङ्कामा मिथ्या सूचनाहरू फैलिएको भन्दै सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाइएको छ। श्रीलङ्कामा सरकारले लगाएको कर्फ्यु सोमबार बिहान ६ बजेबाट हटाइएको छ।

यस अधि श्रीलङ्काका एक जना मन्त्री हरिन फर्नानडोले नाम नखुलाइकन एउटा समूहले १० दिन अगाडि आक्रमण गर्न सक्ने सूचना दिएपनि सम्भावित घटना बारे राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सरकारलाई जानकारी दिन नसकेको बताएका थिए।

More News last news
Loading...