नयाँ वर्षको पहिलो साता कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् साप्ताहिक राशिफल …

मेषः

साताको शुरुको दिन सोँच एकातिर तर उपलब्धि अर्कोतर्फको पर्नसक्ने खालको रहेको छ । अलमल एवं विचार विभेदको सम्भाना छ । आकस्मिक लाभ पनि हुनेछ । बाँकी दिनहरु पनि उपलब्धिमूलक रहने देखिएको छ, समय एवं अबसरको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । सोमवारबाट क्रमशः स्थिति सुधार भएर जाने छ । समय र अवसरको सदुपयोग गरेको खण्डमा सैद्धान्तिक एवं बौद्धिक क्षमताको प्रस्तुतिको अवसर मिल्ने छ ।

Advertisement

सन्तानलाभ हुने योग छ । विद्यार्थीको लागि विद्या तथा बुद्धिज्ञानले मान्छेलाई प्रभाव पार्न सकिने योग छ । ज्ञानविज्ञान बढाउन सकिने छ । पेशा तथा व्यवसायिक उन्नति हुनेछ । क्रमशः आरोग्यलाभ मिल्ने छ । सर्तमा गएरमात्रै विपक्षिलाई सम्झौतामा ल्याउन सकिएला छ । विशेष काममा संघर्ष एवं अबरोधको सामना गर्नपर्ने छ । प्रेम एवं दाम्पत्यत्वमा केही सफलता मिल्ने छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति एवं भगवान श्रीहरि र महावीर हनुमानको साथमा भगवान हनुमानवीरको उपाशना तथा श्रद्धाभक्ति गर्नु शुभदायक हुनेछ ।

वृषः

साता मध्यम फलदायी रहेको छ । जनव्यवहारमा प्रभाव बढेर जानेछ । सामाजिक सम्बन्धको विकास हुनेछ । व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगई लाभ मिल्ने छ । शारीरिक स्फुर्ति र कामकार्यमा रुचि बढेर आउने छ । सोमवार पछि सहकर्मीसँग विचारविभेदको बाबजुत व्यवहारिकतामा ध्यान दिनसके कार्यक्षेत्रमा सफलता मिल्ने छ । आकस्मिक लाभ एवं उपलब्धि हुने सम्भावना छ । वादविवादजन्य माहोलबाट पर सरेकै राम्रो हुनेछ ।

अन्यथा पश्चाताप पर्नसक्ने छ । बुध र बिहीवार ज्ञानविज्ञान बढ्ने छ । नीतिगत कार्यमा कुशलता मिल्ने छ । सहयोगी मिल्ने छन् । बौद्धिकक्षमताको प्रदर्शनबाट मान्छेको मन जित्नसकिने छ । व्यवसायिक उन्नति हुनेछ । शनिवार पौरख बढेर आउने छ । विपक्षीसँग शर्तमा गएर सम्झौता गर्न सकिने छ । आशिक धनलाभ हुनेछ । यात्रा योजना तयार हुनेछ । तपाईले यो साता भगवान हनुमान एवं गुरु गणपति, माँ बगलामुखी एवं भैरवदेवको भक्ति स्तुति एवं उपाशना गर्नु शुभ फलदायक हुनेछ ।

मिथुनः

साताको शुरुको दिन कुशलता आउने छ । मान्छेहरुसँग गरिने बोलीव्यवहाको प्रभाव पर्नेछ । आर्थिक सङ्कलन हुन गइ आवश्यकता टर्नेछ । सामाजिक कामकार्यलाई समय दिनु पर्नेछ । सोमवार पछि शारीरिक एवं व्यवहारिक पुरुषार्थ बढेर आउने छ । कामकार्यमा मन लाग्ने छ । व्यवसायबाट आर्थिक उन्नति हुनेछ । रोकिएर रहेका केही कामलाई फत्ते गर्न सकिने छ । प्रतिस्पर्धा आदि कार्यमा सफलता मिल्ने छ । बुध र बिहीवार अल्लि चनाखो हुन र बुद्धिले कामलिन पर्ने समय छ ।

कामकार्यमा अबरोध गर्नेहरु अग्रसर हुनसक्ने छन् भने आलोचनाको पनि सामना गर्न नपर्ला भन्न सकिन्न । विवादको पनि सम्भावना छ । रपनि अप्रत्यासित लाभ एवं उपलब्धि पनि हुनेछ । शुक्र र शनिवार ज्ञानविज्ञान बढ्ने, अध्ययनमा मन जाने छ । सन्तानको प्रेम बढ्ने छ । विद्याबलको प्रयोग गरी मान्छेहरुलाई प्रभाव पार्न सकिने छ । यो साता तपाईले महावीर हनुमान, गुरुगणपति र भैरवदेवको स्तुति आराधना गर्नु शुभफल बृद्धिदायक हुनेछ ।

कर्कटः

साता सामान्य संघर्षकर देखिएको छ । शुरुको दिन मानसम्मान प्राप्त हुने, यशकृति बढ्ने, मानसिक शान्ति मिल्ने छ । मिष्ठान्न भोजन, रमाइलो वातावरण जुट्ने छ । सोमवार मध्याह्नपछि धनोन्माद बढ्नाले सञ्चित धनको खर्च हुनसक्ने छ भने अपेक्षित आर्थिक कार्य अबरोध हुनसक्ने सम्भावना छ ढुक्क नपरेकै राम्रो हुनेछ । सामाजिक तथा परोपकारजन्य कार्यमा समय दिनुपर्ने छ । तर कमिकम्जोरी खोजेर बस्नेहरु सल्बलाउने भएकोले बोल्दा एवं जनव्यवहार गर्दा सावधानी पनि अप्नाउनु बुद्धिमानी हुनेछ ।

बुध र बिहीवार शारीरिक फुर्तिफार्ति एवं उमङ्ग बढेर आए पनि इष्टकार्य पूरा गर्न धौधौ पर्नेछ । दैनिकी कामकार्य एवं व्यवसाय तथा पेशा आदिबाट भने आंशिक लाभ मिल्ने छ । विशेष कार्यमा स्त्रीजातिबाट प्रत्याक्षाप्रत्यक्ष रुपमा अबरोध आउनसक्ने छ । शुक्र र शनिवार केही पारिवारिक समस्या थपिने सम्भावनालाई ग्रहगोचरले लक्षित गरिरहेको छ । वादविवादको सम्भावना भएकोले जनव्यवहारमा ख्याल पुर्याउनु बुद्धिमानी हुनेछ । तपाईलाई यो साता माँ बगलामुखी, माँ इन्द्रायणी र भैरवदेवको उपाशना गर्नु एवं कन्याकुमारीलाई सेतो वस्तु दान दिनु शुभदायक हुनेछ ।

सिंहः

साताको शुरुको दिन खर्च र उपलब्धि दुबै हुने खालको रहेको छ । पारिवारिक आवश्यकता तथा मागलाई सम्बोधन गर्नुपर्ने दिन छ । सामान्यतया कामकार्यमा केही अबरोधको सामना गर्न पर्नेछ । सोम र मङ्गलवार मानसिक एवं शारीरिक उमङ्ग बढ्ने, केही फुर्तिपनि हुने तर अबरोधको कारण अभिष्टकार्य पूरा कठिन पर्नेछ । समान्यतया व्यवहारिक कर्माभ्यास बढाउन सकिने छ । रमाइलो वातावरण र मिष्ठान्न भोजनको अनुकूलता मिल्नसक्ने छ ।

बुध र बिहीवार सामाजिक कामकार्यमा संलग्न हुन पाइनेछ । मान्छेलाई बोलिवचनले प्रभाव पार्न पनि सकिने छ । प्रवचन गायन आदि वाकवृति हुनेले समयको फाइदा उठाउन सकिने छ । ढुकुटी बढ्नेछ । शुक्र र शनिवार शारीरिक पराक्रम बढेर आउने छ । रोकिएर रहेका कामकार्य अघि बढाउन सकिने छ तर बढी इच्छ्याएको काम पूरा हुनभने अझै पनि कठिन देखिएको छ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति एवं महावीर हनुमान र भैरवदेवको स्तुति आराधाना उपाशना गर्नु शुभप्रद हुनेछ ।

कन्याः

साता मध्यम छ । शुरुको दिन सामान्य रुपमा भएपनि व्यवसायिक प्रगति हुने र कामकार्यमा सहज वातावरण सृजना हुनेछ । समर्थक बढ्ने छन् भने साथ सहयोग जुट्ने छ । सोमवारदेखि बुधवारसम्म घरायसी आवश्यकता बढ्ने र किनमेल आदिमा खर्च गर्नुपर्ने छ । माल समान चोरी हुने तथा हराउने भय पनि देखिएको छ ख्याल गर्नु होला । कामकार्यमा दिक्कत हुने तथा संघर्ष गर्नुपर्ने पनि देखिएको छ, धैर्यता एवं व्यवहारिकताको निकै आवश्यकता देखिन्छ ।

तदोपरानत क्रमशः स्थितिमा सुधार आउने छ । रोकिएर रहेका कामकार्यमा सफलता मिल्दै जाने छ । व्यवसायिक उन्नति प्रगति हुनेछ । मानसिक शान्ति एवं शारीरिक स्फुर्ति बढ्ने छ । मनखुश वातावरण बन्ने छ । क्रमशः जनव्यवहारमा बोलीव्यवहारको प्रभाव पर्दै जानेछ । आफ्नो व्यक्तिगतभन्दा परसेवा वा सामाजिक कार्यमा समय दिनपर्ने सम्भावना छ । बैंकब्यालेन्स बढ्ने छ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरु गणपति, महावीर हनुमान एवं माँ बगलामुखी र भैरवदेवको स्तुति भक्ति उपाशना गर्दै गर्नाले शुभफललाई बढाउन मद्दत हुनेछ ।

तुलाः

साता मध्यम उपलब्धिमूलक छ । शुरुमा व्यवसायिक लाभ एवम् सफलता प्राप्त गर्नसकिने छ । माथिल्लो निकायसँगको संपर्क जोडिने र कामकार्यमा सहयोग पनि मिल्ने छ । राजनीति, समाज सेवा तथा नोकरीमा यश तथा मान बढ्ने छ । जिम्मेवारी एवं पदीय हैसियत प्राप्त गर्नसकिने छ । उद्योग धन्दा तथा पेशाकर्म फस्टाउने छ । साताको मध्यतिर बढी होस् भनेर चाहेको काममा ठेश लाग्ने तथा अबरोध आइपर्ने सम्भावना छ । हुनपर्ने काम अड्किने छ । बुध र बिहीवार गोचर केही अपव्ययकारक देखिएको छ । खर्च गराउने छ ।

घरायसी तथा पारिवारिक सरसामान, मान्यजनको दर्शनभेट् तथा असहाय वर्गलाई सहयोग गरी यो खर्चयोगको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । आकस्मिक यात्रा तथा कामकार्यमा आकस्मिक अबरोध एवं स्वास्थ्यमा समस्या पनि पर्नसक्ने छ । धैर्यधारण गर्नु तथा संयमपूर्वक जनव्यवहार गर्नु उपयुक्त हुनेछ । शुक्र र शनिवारको समय अनुकूल रहने छ । स्थितिमा सुधार भएर आउने छ । शारीरिक एवं मानसिक उर्जा बढ्ने छ । कामकार्यमा सफलता मिल्ने छ । यो साता तपाईले भगवान गुरुगणपति, माँ इन्द्रायणी एवं माँ बगलामुखीको आराधना गर्नु शुभप्रद हुनेछ ।

वृश्चिकः

साता आंशिक अनुकूल देखिएको छ । शुरुमा केही अपयशको बाबजुत पनि व्यवसाय तथा पेशाकर्ममा सुधार ल्याउन सकिने छ प्रयत्न गर्नु होला । केही लाभांश बढ्ने छ । क्रमशः विशिष्टतम् व्यक्तित्त्वहरूसँग दर्शनभेट् एवं संपर्क जोडिदा मनमा महत्त्वाकांक्षा पनि बढेर आउनेछ । अल्लि व्यवहारिकतालाई जोडदिनु उचित हुनेछ । राजनीति तथा समाजसेवा एवं जागिर आदिमा प्रतिष्ठा एवं भूमिका र उपलब्धि मिल्ने छ ।

उद्योगधन्दा फस्टाउने छ र साथसहयोग पनि मिल्ने छ । विशेष काममा भने अबरोध नआउला भन्न नसकिने गोचर छ, ग्रहोपचार जनित उपाय गर्नु बुद्धिमानी हुनेछ । शुक्र र शनिवार साविकको भन्दा बढी खर्चको मात्रा बढ्ने गोचर परेको छ । कामकार्यमा पनि दिक्कत एवं अड्चन आइलाग्नसक्ने छ । स्वास्थ्य पनि प्रभावित हुने सम्भावना छ ख्याल गर्नुपर्ला । यो साता तपाईले भगवान गुरुगणपति र महावीर हनुमान एवं भैरवदेवको आराधना उपाशना गर्नाले ग्रहजनित बाधाअड्चनलाई हटाउन तथा शुभफल बढाउन मद्दत मिल्नेछ ।

धनुः

शुरुमा कष्टको सामना गर्नपरेपनि साता क्रमशः सफलता कारक रहनेछ । आइवार स्वास्थ्यमा मन्दता रहने छ । आश्वासन पाएको तथा अपेक्ष गरेको काम बन्न तथा उपलब्धि हातपार्न अल्लि गाह्रो पर्ने छ । बरु नसोँचेको काम बनेर फाइदा हुनेछ । सोमवारबाट क्रमशः स्वास्थ्यमा सुधार आउने छ । धार्मिक एवं सामाजिक कार्यसम्पादन गर्नसकिने छ । काम कार्यमा अग्रता मिल्ने आर्थिक लाभ पनि हुनेछ ।

क्रमशः अबरोधको बाबजुत उच्चतह तथा निकाय वा व्यक्ति विशेषसँग परिचय बढ्ने एवं संबन्ध स्थापित हुनेछ । विशेष काम बनिहाल्न भने अल्लि गाह्रो देखिएको छ । शुक्र र शनिवार राजनीति, जागिर तथा समाज सेवा आदिमा आंशिक सफलता मिल्नेछ । उद्यम व्यवसाय बढ्ने छ । शुक्र र शनिवार आकस्मिक लाभ एवं सफलता मिल्ने छ । समयको व्यवसायिक सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । यो साता तपाईले शनि महाकालेश्वर एवं भैरवदेव र माँ बगलामुखीको स्तुति उपाशना गर्नु शुभकर हुनेछ ।

मकरः

साता सुधारोन्मूख रहेको छ । शुुरुमा मनोरञ्जनात्मक गोचर परेको छ । दाम्पत्य तथा प्रेम सम्बन्ध बलियो बन्नेछ । जीवनसाथी अथवा प्रेमसाथीबाट सुख एवं साथ मिल्ने छ । सोम र मङ्गलवनर स्वास्थ्यमा समस्या आउनसक्ने छ । कार्यक्षेत्रमा पनि अल्लि संघर्षको सामना गर्नुपर्ने छ । रपनि अप्रत्यासित उपलब्धि र लाभको सम्भावना पनि बलियो देखिएको छ । साताको पछिल्लो खण्ड अनुकूल बन्दै जाने छ । क्रमशः स्थितिमा सुधार भएर आउने छ ।

भाग्य बृद्धि हुनेछ । काम कार्यमा सफलता र व्यवसायिक उन्नतिको साथमा आर्थिक लाभले सन्तुष्टि पनि मिल्नेछ । विशिष्ट व्यक्ति तथा उच्चतहसँग सम्बन्ध वा संपर्क जोडिने छ । हुनपर्ने जति मुल्याङ्कन नभएपनि राजनीति, समाजसेवा तथा जागिर आदिमा सम्मान र जिम्मेवारी बढ्ने छ । समयको सदुपयोग गरी उपलब्धि लिनु बुद्धिमानी हुनेछ । यो साता तपाईले भगवान पवनपुत्र हनुमान, भैरवदेव एवं गुरु गणपति र माँ बगलामुखीको श्रद्धाभक्ति एवं स्तुति गर्नु शुभप्रद हुनेछ ।

कुम्भः

साताको पूर्व र अन्तिमभाग उपलब्धिमूलक रहने छ । शुरुका दिनमा व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगइ आर्थिक लाभ एवं उपलब्धि हातपार्न सकिने छ । खेलकुद आदि प्रतिस्पर्धामा अग्रता मिल्ने छ । स्वास्थ्य लाभ एवं कान्तिमा बृद्धि हुनेछ । क्रमशः केही असमझदारीको बाबजुत पनि दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधार एवं सहजपन आउनेछ । विपरित लिङ्गीबाट साथ मिल्ने छ । दमपति तथा प्रेमजोडीको बीचमा कसैले भिलेन खेल्दिनसक्ने सम्भावना पनि छ ख्याल गर्नु होला ।

यात्रा हुनक्ने छ । बुध र बिहीवार स्वास्थ्यमा मन्दि आउने छ । दीर्घरोगीले आहारविहारादिमा बढी ख्याल पुर्याउनु होला । गर्न खोजेको कामकार्यमा पनि अबरोध आउनसक्ने भएपनि नसोँचेको काम बनेर राहत मिल्ने छ । शुक्र र शनिवार स्थितिमा सुधार भएर आउने छ । काम कार्य एवं व्यवसायिक प्रगति हुने र सफलता मिल्ने छ । यो साता तपाईले गुरु गणपति र भैरवदेवको श्रद्धाभक्ति गर्नु तथा दीनदुःखी असहायलाई सहयोग गर्नु शुभकर हुनेछ ।

मीनः

साताको शुरुमा केही अलमलको बाबजुत प्रयत्न गर्नाले विद्यार्थी भाइबहिनीहरुले पढाईमा प्रगति गर्नसकिने छ । अन्य व्यक्तिको पनि बुद्धिविकास भई बुद्धि तथा ज्ञानात्मक पक्षमा सफलता हासिल हुनेछ छ । तर भौतिककर्म विशेषमा अदृष्य रोकावट्को सम्भावना छ । सोमवार पछि शरीरमा आरोग्यलाभ हुने र कान्तिमा बृद्धि हुनेछ । जोश जाँगर र प्रख्याति बढ्ने छ । खेलकुद् आदि प्रतिस्पर्धामा विजयी भइनेछ ।

सामान्यतया खोजेकै वातावरण नबने पनि बुधदेखि शुक्रवारसम्म रङ्गरास बढ्ने छ । सहमतिको प्रयास गर्दै सर्तमा गएर प्रेम तथा दाम्पत्य सम्बन्धलाई केही फराकिलो गराउन सकिने छ । लामो छोटो दुरीको भ्रमण हुनसक्ने छ । व्यापार व्यवसाय आदि पेशाकर्मबाट आंशिक लाभ गर्न सकिने छ । शुक्र र शनिवार स्वास्थ्यमा मन्दता आउनसक्ने छ ।

आहार विहारमा ख्याल पुर्याउन । चाहना गरेको कामकार्यमा अल्झन आइपरेपनि अप्रत्यासित काम बनेर उपलब्धि हुनेछ । यो साता तपाईले भगवान महावीर हनुमान एवं भैरवदेवको साथमा भगवान सूर्यनारायण र भगवान श्रीहरिको साथमा माँ बगलामुखीको सेवा आराधना गर्नु शुभदायक हुनेछ।

More News last news
Loading...