भारतमा ४ नेपालीको रहस्यमय मृत्यु

बुटवल । रोजगारीका लागि भारत पुगेका गुल्मी र दाङका गरी ४ जना नेपालीको भारतमा रहस्यम मृत्यु भएको छ।

गुल्मीको ईस्मा गाउँपालिका २, साविक हस्तीचौरको झिरनेटाका ३० वर्षीय सजन नेपालीको चैत्र २२ गते चिराग दिल्लीमा उनले काम गर्ने घरको तेश्रो तलाबाट खसेर मृत्यु भएको खबर ढिलो गरि प्राप्त भएको छ।

Advertisement

उनका बाबु श्यामलाल नेपालीका अनुसार त्यस घरमा ४ जना नेपालीहरुले काम गर्थे। उनका ती साथीहरुले आफै छतबाट हाम्फालेका हुन् भने पनि परिवारजनले पत्याउन सकेका छैनन्। नेपाली भुईमा खसेको १५ मिनेटपछि मात्र माथि घरमा रहेका ती साथीहरुलाई अरुले जानकारी दिएका थिए।

दाङका ३ जनाको थप रहस्यमय मृत्यु

उता दाङ्ग बाट भारतमा मजदुरी गर्न पुगेका तीन नेपालीको पनि रहस्यमय मृत्यु भएको भन्दै मृतकका परिवारजनले शव बुझ्न मानेका छैनन् । दाङको शान्तिनगर गाउँपालिका–२ अमुवाका २३ वर्षीय नोखिराम वली, सोही स्थानका बर्ष २१ का प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वली भारतको कुल्लु मनिलाको भीर र पतलीकुहल जंगलको अलग–अलग अलग स्थानमा केही दिनअघि मृत फेला परेका थिए ।

उनीहरुको शव नेपाल ल्याई दाङ जिल्ला प्रहरी कार्यालयले विहिवार परिवारजनलाई बुझाउन खोज्दा रहस्यमय मृत्यु भएको भन्दै शव बुझ्न नमानेपछि अहिले उनीहरुको शव राप्ति प्रादेशिक अस्पतालको शव गृहमा राखिएको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए ।

More News last news
Loading...