पोखरामा डरलाग्यो घटना: हेल्मेटसहित नहरमा खसे पति, दोबानमा भेटियो शव (भिडियो)

बुधबार साँझ ९ बजे तिर पोखरा महानगरपलिका वोड न १२ शितलदेबी बस्ने एक जोडी होटेल बन्द गरेर घर फर्कीए । दिनभर ब्यस्त रहेर यो जोडीले सडकमा मोटरको चाप कम देख्यो र निर्णय गर्यो सडकमा मोटरहरु कम छन् सडक पनि खाली । यही बेलामा स्कुटर सिकौँ।

स्कुटरमा श्रीमान थुलुंग राई पछाडी बसे र श्रीमतीलाई पछाडीबाट धानीदिए । तर उनीलाई के थाहा थियो यो सिकाइले जिन्दगी समाप्त गर्दैछ भनेर । जब उनीहरु नहरको बाटो काटने क्रममा थिए स्कुटर पुलको रेलिंगमा ठोक्कियो। त्यसपछि पछाडी रहेका श्रीमान रेलिंगको बीचबाट हेलमेट सहित नहरमा खसे । श्रीमती गुहाए माग्दै आफ्ना पतिलाई बनाउन आग्रह गरिन्। तर रातको समय त्यसमाथि पानीको बहाब उस्तै तेज । कसैले बनाउन सकेनन्।

Advertisement

केहि समयमा खबर आयो लाश दुई नहरको दोबान भेटियो । त्यसपछी अस्पताल पुर्याउँदा अस्पतालले उनको मृत्यु भएको पुष्टी गर्यो।

पूर्वबाट दुई दशक अघि पोखरा आएका थुलुङले पोखरामा तराना म्युजिक सेन्टर सञ्चालन गरी थुप्रै संगीतसाधकलाई जन्माइसकेका छन्। तराना संगीत साँझ लगायतका सांगीतिक गतिविधि गर्दै आएका थिए। यहाँका सांगीतिक कार्यक्रमहरुमा आफै हार्मोनियम, तबला लिएर उनी पुग्थे।

हेर्नुहोस घटनास्थलका प्रत्यक्षदर्शी के भन्छन् ?

More News last news
Loading...