आजका लागि तय भएको मातृभूमि कप क्रिकेट पानीका कारण अवरुद्ध

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगार्थ आयोजना गरेको मातृभूमि कप क्रिकेट प्रतियोगिताको आजका लागि तय खेल पानीले बिथोलिएको छ।

शनिबार कलाकारहरुको दुई टोलीले मनोरञ्जनात्मक र राष्ट्रिय क्रिकेटरको दुई टोलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्ने सेड्युल थियो। पहिलो खेल १० बजेबाट सुरू हुने गरी समय मिलाइएको थियो। तर, शनिबार बिहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भएपछि निर्धारित खेल स्थगित गर्नुपरेको आयोजकले जनाएको छ।

Advertisement

अब स्थगित खेल मौसममा सुधार आएपछि सञ्चालन हुनेछ। कहिल्यै ब्याट र बल नसमाएका कलाकारहरू प्रतिष्पर्धाका लागि केही समयदेखि जुटेका छन्। उनीहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले नै सिकाइरहेको फाउन्डेसनका संयोजक सीताराम कट्टेल धुर्मुसले बताए।

More News last news
Loading...