त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले चीनको स्ट्रङ्गको उडानबाट कुनमिङबाट काठमाडौँ आउँदै गरेका चिनियाँ नागरिक वाङ किजिकाङलाई शनिबार साँझ पक्राउ गरेको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले अवैध रुपमा सुनको लकेट बोकेर आएको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ परेका किजिकाङसँग प्रहरीले १३९ ग्राम सुन बरामद गरेको छ।

Advertisement

https://nayapusta.com/2019/04/02/81542

More News last news
Loading...