बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या ३२ पुग्यो (अपडेट)

बारा । बारा र पर्सा जिल्लामा अचानक चलेको हावाहुरीका ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ।  गएराति आइतबार राति बारा र पर्सा जिल्लामा तीब्र हावाहुरी चल्दा ठूलो जनधनको क्षति भएको हो।

हावाहुरीका कारण सोमबार बिहानसम्म ३२ जनाको मृत्यु भएको छ भने ५०० बढी घाइते भएको प्रहरीले जनाएको छ। मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार घाइतेहरुको वीरगञ्ज हेल्थ केयर, नारायणी अस्पताल, वीरगञ्ज नेसनल मेडिकल कलेज, गण्डक अस्पताल र न्युरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ। घाइतेले अस्पताल खचाखच भरिएको छ।

तीब्र हावाहुरीले बारा र पर्सा जिल्लामा ठूलो क्षति गराएको छ। धेरैका पक्की घर पनि भत्केका छन्। कतिको घरबास उठेको छ भने धेरैजसो घरबाहिर छन्।

प्रदेश २ सरकारको आपतकालीन बैठक

आइतबार साँझको भीषण हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति पुगेपछि प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बोलाएको छ। सोमबार बिहान ७ बजे बैठक बोलाएको हो।

सचिवालयकाअनुसार बैठकमा घाइतेको निःशुल्क उपचार, मृतकका परिवारलाई राहत र भत्किएका संरचना पुनर्निर्माणको विषयमा निर्णय हुनेछ।

More News last news
Loading...