बारा र पर्सामा हावाहुरीका कारण २७ जनाको मृत्यु, घाइतेले अस्पताल खचाखच

बारा । बारा र पर्सा जिल्लामा अचानक चलेको हावाहुरीका २७ जनाको ज्यान गएको छ। गएराति आइतबार राति बारा र पर्सा जिल्लामा तीब्र हावाहुरी चल्दा ठूलो जनधनको क्षति भएको हो।

हावाहुरीका कारण सोमबार बिहानसम्म २७ जनाको मृत्यु भएको छ भने ५०० बढी घाइते भएको प्रहरीले जनाएको छ। मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। प्राप्त जानकारी अनुसार बारामा २६ र पर्सामा एक जनाको मृत्यु भएको हो।

Advertisement

प्रहरीका अनुसार घाइतेहरुको वीरगञ्ज हेल्थ केयर, नारायणी अस्पताल, वीरगञ्ज नेसनल मेडिकल कलेज, गण्डक अस्पताल र न्युरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ। घाइतेले अस्पताल खचाखच भरिएको छ।

तीब्र हावाहुरीले बारा र पर्सा जिल्लामा ठूलो क्षति गराएको छ। धेरैका पक्की घर पनि भत्केका छन्। कतिको घरबास उठेको छ भने धेरैजसो घरबाहिर छन्।

More News last news
Loading...