भीआईपी स्कर्टिङमा रहेको भ्यानले गुडिरहेको स्कुटरलाई लडाएर भाग्यो (भिडियो)

काठमाडौँ । भीआईपी स्कर्टिङमा रहेकाे सशस्त्र प्रहरीको भ्यानले स्कुटरलाई ठक्कर दिएको भिडियो सामाजिक सञ्जालमा आएपछि व्यापक आलाेचना भएको छ।

बा १ झा ९५२७ नम्बरको सशस्त्र प्रहरीको भ्यानले ट्राफिक नियम विपरीत उछिन्न लाग्दा स्कुटरलाई पछिल्लो पाङ्ग्राले ठक्कर दिएको भिडियोमा देखिन्छ।

Advertisement

सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठका अनुसार भ्यानले पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको बेला शुक्रबार ११ बजे ठक्कर दिएको हो।

प्रवक्ता श्रेष्ठले भ्यान ठक्कर दिएर भागेको भन्दा पनि सुरक्षामा खटिएको भ्यान रोक्न नमिल्ने नियम भएको बताए।

भिडियो हेर्नुहोस् :

More News last news
Loading...