मैले छोरी सुहानालाई आफु हिडेको बाटोमा ल्याएकी छु । आजबाट तपाईहरु माझ छोड्दै छु ।’ आफ्नो बच्चा योग्य मानिस बनोस् भनेर एउटा अभिवावकले जसरी स्कूलमा लगेर दिनभरी छोड्छ त्यसै गरि आफुले पनि सुहनालाई यस क्षेत्रमा छोडेको उनको भनाई छ।
झरनाले चलचित्र उद्योगमा सुहानालाई योग्य बनाउन सबैको साथ र आर्शिबादको खाँचो भएको जनाएकी छिन । चलचित्र हेरेपछि सुहानाको कामको तारिफ हुने झरनाको विश्वास छ।
नायिकाको रुपमा कुनै बेला लामो समय सफलताका साथ राज गरेकी झरनाले छोरी सुहानाले पनि आफुले जस्तै दर्शकको मन जित्ने विश्वास लिइन।
दर्शकको मन मुटुमा सुहाना बस्छीन भन्ने कुरा एउटी आमाको नभएर एउटा निर्देशकको आवाज भएको समेत उनको भनाई छ।
यता निर्माता तथा सुहानाका बुबा सुनिल कुमार थापाले पनि उनलाई अब चलचित्र क्षेत्रमा सबैको साथ सहयोग र मायाका लागि छोडेको बताए।
भिडियो हेर्नुहोस …
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
