काठमाडौँ । यात्रु आफ्नो ट्याक्सीमा मुर्छा परेपछि बाटोमा छाडेर भाग्ने ट्याक्सी चालक पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त गौशालाले चालक कमलप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
उनी घटनाको तेस्रोदिन पक्राउ परेका हुन्। चावहिलमा रहेको हेल्पिङ ह्याण्ड अस्पताल अगाडी बाटोमा अलपत्र भेटिएका कााठमाडौं गोकर्णेश्वर–४ का गोपाल काररञ्जितको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कााठमाडौं गोकर्णेश्वर–४ का गोपाल बुधबार छोरा प्रविनसँगै उपचारका लागि चावहिलस्थित मेडिकेयर अस्पतालमा आए। ६० वर्षका गोपाल मधुमेह र उच्च रक्तचापका रोगी हुन्।
बिहान नौ बजे छोरा मोटरसाईकल र गोपाल ट्याक्सीमा अस्पताल आए। मेडिकेयरमा चेकजाँच भयो। घर फर्कदा छोरा मोटरसाईकल र गोपाल अर्को ट्याक्सीमा चढे।
उनी बा १ ख ३८५१ नम्बरको ट्याक्सीमा चढेका थिए। ट्याक्सीमा चढेर केही पर नपुग्दै गोपाल मुर्छा परे। छटपटाएर मुर्छा परेका गोपाललाई नजिकैका मेडिकेयर, ओम र हेल्पीङ ह्याण्ड अस्पताल लैजानुको साटो चालक कमलप्रसाद श्रेष्ठले उनलाई बाटोमै छाडेर भागे।
प्रहरीले अस्पताल लगेपछि तत्काल हेल्पीङ ह्याण्डका चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार क्लोज सर्किट क्यामराको सहयोगमा चालक पक्राउ परेका हुन्।
प्रहरीले घटनास्थलमा देखिएको फुटेजमा कमलले अचेत रहेका गोपाललाई बल लगाएर सडकमा छोडेको देखिन्छ। प्रहरीका अनुसार कमलले आफु आत्तिएर बाटोमै छाडेको बताएका छन्। गोपालको शव शिक्षण अस्पताल महाराजगञ्जमा पोष्र्टमार्टमका लागि पठाइएको छ। रिपोर्ट आएको छैन्।
चाबहिलबाट गोकर्णेश्वर जाने क्रममा आफ्नो ट्याक्सीमा रहेको पेशेन्जरलाई हार्टअट्याक हुँदा चालकले भित्रबाट बाहीर निकाली भागेछन् , जस्ले गर्दा बिरामीको दुखद देहावसन हुन पुग्यो । कस्तो मानवता ?
चाबहिलबाट गोकर्णेश्वर जाने क्रममा आफ्नो ट्याक्सीमा रहेको पेशेन्जरलाई हार्टअट्याक हुँदा चालकले भित्रबाट बाहीर निकाली भागेछन् , जस्ले गर्दा बिरामीको दुखद देहावसन हुन पुग्यो । कस्तो मानवता ?
त्यस पछाडीको ट्याक्सी चालक अनी ती वरीपरी रहेका मान्छेहरू के हेरेर बसेका ?
😞😞😞😞 pic.twitter.com/VTOgX7ZSvc— Saroj Basnet (@IsarojB) March 29, 2019
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
