कर्कटः– स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । तनावले छोड्ने छैन । आहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । ऋण लगानीमा नगर्नु होला पछि उठाउन गाह्रो हुनेछ । काममा प्रतिश्पर्धा गर्नु पर्नेछ । विरोधीको सक्रियता बढ्नेछ । काम गर्दा गोपनियता अप्नाउनु होला ।
तुलाः– समयले साथ दिनेछ । काम गर्ने जोश जागर बढ्नेछ । उच्च व्यक्तित्वको सुझाव सल्लाहमा काम गर्दा राम्रै हुनेछ । आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् र अर्थोपाजन पनि हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई इष्टमित्रबाट सहयोग प्राप्त होला । भ्रमलाई चिरेर काम गर्नु होला।
धनुः– समस्या कम भएर जानेछन्। काममा विस्तारै प्रगति हुनेछ । मनोरञ्जनात्मक काममा खर्च ज्यादा हुनेछ । अरुको भर नपर्नु होला । वित्तिय कारोवारमा सानातिना समस्या देखिने छन् । भोज भतेरको निम्तो आउन सक्छ । स्पष्ट बोल्दा आफैलाई घाटा हुनसक्छ । कार्य गोपनियता अप्नाएर काम गर्नु होला । आर्थिक कारोवारमा सुधार आउनेछ।
मिनः– समस्याहरु घट्ने छन् । सुख शान्तिमा वृद्धि हुनेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । कुटनैतिक विधि अप्नाएर अगाडि बढ्नु होला । सामाजिक उत्तरदायित्व बढ्नेछ । सहयोगी हात भेटिने छन् । काम गरेर प्रशस्त धन कमाउने योग देखिन्छ। परिवारबाट सहयोग पाईनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
