काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले गिरावट आएको छ।
आज छापावाल सुन प्रतितोला ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार छापावाल सुनको भाउ तोलामा ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ। हिजो तेजावी सुन ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदी भने रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
