आज धन वर्षा हुने यी ४ राशिको भाग्य हेर्नुहोेस्

आज मिति २०७५ साल चैत १२ गते षष्ठी तिथि मंगलबार । आज यी ४ राशिका लागि आर्थिक तथा धन लाभको योग रहेको छ। गरेका कामहरुमा सहजै सफलता प्राप्त गर्न सकिनेछ।
हेर्नुहोस् के के हुन् ती राशि

वृषः– दिन शुभ देखिन्छ । नयाँ कामको प्रस्ताव आउन सक्छ । गरेका काम प्राय सफल हुने छन् । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

Advertisement

कन्याः– समस्या कम हुनेछन् । काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्ने जोश जागर घट्ने छैन । नोकरी तथा राजनीतिमा अवसरको खोेजी होला । बन्धु वर्गादिबाट सहयोग मिल्नेछ । आर्थिक विषयलाई लिएर आश्वासन दिने लिने काम दुवै गलत सावित हुने देखिन्छ ।

कुम्भः– काममा देखिएका समस्या हटेर जानेछन् । कार्य क्षमता र दक्षता बढ्नेछ । धेरै काम सजिलै बन्नेछन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । मान सम्मान मिल्नेछ ।

मिनः– मानसिक तनावमा कमी आउनेछ । भाग्यले थोरै साथ दिनेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । कार्य लगनशिलता बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै ध्यान जानेछ । सामाजिक काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् । लेनदेन भने ल्याङ ल्याङ नै हुनेछ ।

More News last news
Loading...