फिल्म ‘ए मेरो हजुर ३’ को दोस्रो गीत ‘परान’ ले १ घण्टामा १ लाख भ्यूज बटुलेर रेकर्ड कायम राखेको छ।
गीतमा अन्जु पन्त र आशिष अविरलले स्वर दिएका छन्। आनन्द अधिकारीको शब्द रहेको यो गीतमा संगीत पनि आशिषले नै भरेका हुन्।
फिल्मका मुख्य कलाकार नायक अनमोल केसी, नायिका सुहाना थापासंगै नायक सलोन बस्नेत र रेअर राइलाको फिचर रहेको छ। नायक आमेष भण्डारी गीतको भिडियोमा दुलाहाको भेषमा देखिएका छन्।
फिल्मलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन्। सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा झरना थापा र सुमन पौडेलको कथा रहेको छ।
फिल्मलाई संजय लामा र सवनम मुखियाले खिचेका छन्। कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
