आज घट्यो सुनको मूल्य

काठमाडौं । आज शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तैगरी आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

More News last news
Loading...