सर्लाही । सर्लाहीको बरहथवा ५ मा श्रीमानले धारिलो खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
स्थानीय रामेश्वर सिग्देलको घरमा कोठा भाडामा लिएर बसेका उदयपुर सुरुङगाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षकी श्रीमती सुनिता विश्वकर्मालाई बिहीबार राति धारिलो खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
विश्वकर्मा बरहथवा बजारमा रहेको एक सुन पसलमा कालिगडको काम गर्दै आइरहेका थिए। हत्या गरेर भाग्दै गरेका उनलाई प्रहरीले राति नै पक्राउ गरेको हो।
हत्याको बारेमा थप अनुसन्धान भैरहेको सर्लाही प्रहरीले जानएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पठाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
