३ वर्षीया बालिका बलात्कार गर्न खोज्ने लोनिया पक्राउ

नवलपरासी । नवलपरासी प्रहरीले ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ वेतहानी वस्ने ३२ वर्षीय रामदुलारे लोनिया पक्राउ परेका हुन्।

Advertisement

लोनियाले मादकपदार्थ सेवन गरेर बालिका घर एक्लै भएको बेला जबरजस्तीकरणीको प्रयास गरेको आरोप लागेको छ।

उनलाई बालिका जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा चलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए।

More News last news
Loading...